Ⓜ Mani Ram Khadka { M.R.K.} ™
WEBSITE
Home » » Hamro Pyaro Arghakhanchi | Basanta | Bishwas | Jamuna| Kalpana

Hamro Pyaro Arghakhanchi | Basanta | Bishwas | Jamuna| Kalpana

अर्घाखाँची आफैमा बिभिन्न प्राकृतिक छटाहरुले भरिपूर्ण जिल्ला हो । संसारमा रहेका हरेक वस्तुहरुको संगम स्थलको रुपमा रहेका अर्घाखाँची जिल्लालाई हाम्रो प्यारो अर्घाखाँची बोलको यो गीतले वास्तबिकिकरण गर्ने काम गरेको छ ।
Song - हाम्रो प्यारो अर्घाखाँची Hamro pyaro arghakhanchi
Singer - Basanta lamsal / Bishwas nepal / jamuna sanam / kalpana shreepal
Music / lyries - Basanta lamsal / Bishwas nepal
Camera - Bishnu Bhattarai (abiral films butwal )
Dairecter - Bishwas Nepal
choreographer - Jivan pun
Artist -Shital /shuruchi / Baburam / krishna / babin / omhari
laxmi /yubraj / sahayogi
producer manager - Om hari Acharya
Distributor- Arghadarbar films pvt. ltd. samakhusi kathmandu nepal
    
कसलाई प्यारो लाग्दैन र आफ्नो जन्मभूमि जननी कसलाई प्यारो लाग्दैन र आफ्नो मातृभूमि, कसले चाहदैन र आफ्नो जन्मभूमि, मातृभूमि स्वगर्ग भन्दा पनि राम्रो होस भनेर, कसले नसोचेको होला र म जन्मेको गाउठाउ जिल्ला अरूको भन्दा सुन्दर होस, जताततै आफ्नै गाउठाउको नाम होस, प्रचार प्रचार होस भनेर ।
 
यसैक्रममा हालै अर्घाखाँची जन्मघर भएका चर्चित गायक बसन्त लम्सालले पनि आफ्नो जादुमयी श्वरले सजिएको “मेरो प्यारो अर्घाखाँची” बोलको गीत लिएर साँगितिक बजारमा आएका छन । गायक लम्सालले आफ्नो जिल्ला अर्घाखाँचीको बारेमा बर्णन गरेका छन, अर्घाखाँचीका रमणिय स्थल, धार्मिक स्थल, मठ,मन्दिर, र बिकासका बारेमा गीत सँगित मार्फत ब्याख्या गरी आफ्नो जिल्ला प्रति मायाको भाव र गर्ब ब्यक्त गरेका छन ।

img_9639               गायक लम्साल आज भोली हुने मेला पर्ब र महोत्सवमा (स्टेज प्रोग्राम ) कार्यक्रम स्थल तताउने कलाकार मध्यमा पर्दछन ।  हाम्रो प्यारो अर्घाखाँची गीतलाई अर्घाखाँची फिल्मस् प्रा.लि.ले बजार ब्यबस्थापन गरेको छ । यस गीतलाई बसन्त लम्साल, बिश्वास नेपाल, जमुना सनम र कल्पना श्रीपालले श्वर दिएका छन । हाम्रो प्यारो अर्घाखाँची गीतमा शब्द बसन्त लम्साल र बिश्वास नेपालले लेखेका छन । गीतको म्युजिक भिडियोलाई बिश्वास नेपालले निर्देशन गरेका छन ।


img_9536गीतको कोरियोग्राफर जिवन पुनले गरेका छन भने बिस्नु भट्टराई (अबिरल फिल्मस् बुटवल)ले क्यामेरा खिँचेका छन । म्युजिक भिडियोमा शितल, शुरुची, बाबुराम, कृष्ण, बबिन, ओमहरी, लक्ष्मी र युबराज लगायतले अभिनय गरेका छन ।


img_9530यो गीत उत्पादनको लागी ओमहरी आचार्यको बिशेष सहयोगरहेकोछ।  गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन भने गीत मालश्री रेकर्डिँग स्टुडियोमा रेकर्ड भएको हो ।आफ्नै जिल्ला, गाउ ठाउलाई उच्च प्राथमिकतामा राखेर बनाईएको “हाम्रो प्यारो अर्घाखाँची” गीत राम्रो बनेको छ । त्यसैले अर्घाखाँचीका जनताको मन त जित्ने नै छ दुईमत छैन र अन्य गीत सँगित प्रेमी स्रोताहरूको पनि मन जित्न सफल होस लेकबेशी म्युजिक डट कमको तर्फबाट सफलताको लागी शुभ कामना ।
Like Our Fan Page:- www.facebook.com.com/nepalimusiclibrary
Follo Our Twitter:- www.twitter.com/nepalimlibrary
Get Complete & Updated Latest New Nepali MP3 Song:- www.nepalimusiclibrary.com
Get Complete & Updated Latest New Nepali HD Video:- www.nepalimusicgallery.com
Email Address:- librarynepalimusic@gmail.com
SMS Used:- 9805480106
Phone Number:-9805480106
Nepali Music Library Pvt.Lit
Nayabzzar Kathmandu Nepal
Share this video :
 
Copyright © 2017. Nepali Music Library - All Rights Reserved

Distributed By Arghakhanchi Khadka | Lyrics | MusicNepal | Download all Nepal Music | HD Wallpapers For Arghakhanchi Khadka

Powered by MRK